परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

Nagarik Sewa 4507+ समाचार ( )
८ पौष २०८१, सोमबार

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्कँदै हुनुहुन्छ। उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट ९टिएचआर० को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा पुग्नुभएको थियो।

युरोपबाटै त्यहाँ पुग्नुभएको उहाँले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । स्वास्थ्य परीक्षणका लागि नै उहाँ नयाँ दिल्ली गएकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम रहेको थिएन।

शुक्रबार भने उहाँले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गर्नुभएको थियो। सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार