पाठकले दिए बाग्मती प्रदेश सभामुखबाट राजीनामा

Nagarik Sewa 4507+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं। बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्। आफ्नो पदबाट राजीनामा दिँदै उपसभामुख अप्सरा चापागाईलाई पाठकले ह्वाट्स एपमार्फत पत्र पठाएका हुन्। सभामुख पाठकले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो राजीनामा पत्र पठाएका हुन् । 

गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार