मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

अपेक्षित परिणाम ल्याउन सकेनौँ, जनताकै बीचमा रहनेछौँ: केपी ओली

Nagarik Sewa 4868+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम हासिल नभएको बताएका छन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र यसलाई शिरोधार्य गर्नु आफू र पार्टीको कर्तव्य भएको उनले उल्लेख गरेका छन् । बिहीबार (फागुन २८) बिहान सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई आफूले पूर्ण सम्मानका साथ स्वीकार गरेको जनाएका छन् । “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,” उनले लेखेका छन् ।

उनले आफूहरू जनताकै बीचमा रहने बताएका छन् । “जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भनेका छन् । उनले आफू र पार्टीलाई मत, साथ दिने र विश्वास राख्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् । “यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु,” उनले लेखेका छन्, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार