मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कांग्रेसको ‘जरा अभियान’ आजदेखि शुरू

Nagarik Sewa 4868+ समाचार ( )
१ वैशाख २०८३, मङ्गलबार

काठमाडाैं । नेपाली कांग्रेसले मंगलबारदेखि देशैभरी ‘जरा अभियान’ शुरू गरेकाे छ ।

पार्टी संगठनलाई वडा तहदेखि नै पुनर्गठित गर्ने लक्ष्यसहित अभियान शुरु गर्न लागेको दावी कांग्रेसले गरेको हाे । एक महिनासम्म चल्ने अभियानका लागि सबै जिल्ला र निर्वाचन क्षेत्रमा प्रतिनिधिहरू खटाइएको छ । अभियानमा सहभागी भई आफ्नो सदस्यता अद्यावधिक नगर्ने क्रियाशील सदस्यहरुले पार्टीको १५ औ महाधिवेशनमा भाग लिन नपाउने चेतावनी पनि दिईएको छ । सभापति गगन थापाको यो चेतावनीपछि कांग्रेस विवाद थप जटिलतातर्फ धकेलिएको छ ।

विशेष महाधिवेशनलाई अवैध मान्दै आएको शेरबहादुर देउवा समूहले थापा पक्षले क्रियाशील सदस्यता खारेज गर्न खोजेको आरोप लगाएको छ । साेमबार कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा वर्तमान कार्यसमिति नै ‘तथाकथित विशेष महाधिवेशनबाट बनेको’ बताउनुभयो । क्रियाशील सदस्यता खारेज गर्ने विषय स्वीकार्य नभएको खड्काले उल्लेख गर्नुभएकाे छ ।

विशेष महाधिवेशनबाट चुनिएका दुई महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरेले सामाजिक सञ्जालबाटै सदस्यता खारेज गर्न लागिएको कुराको खण्डन गरेका छन् । दुई पक्षबीच विवाद बढदै जाँदा विशेष महाधिवेसनबाट चयन भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाईएको हाे। बुधबार दिउँसाे २ बजेका लागि बोलाईएको बैठकअघि अनुशासन समितिको बैठक पनि बस्ने भएकाे छ । कार्यवाहक सभापतिको हैपिसयतमा समानान्तर गतिविधी तथा लेटरहेड प्रयोग गरेको भन्दै समितिले यसअघि खड्कालाई सचेत गराएको थियो ।

तर खड्काले साेमबार पुन: सोही हैसियतमा बक्तव्य निकालेपछि अनुशासन समितिले कारबाहीको सिफारीस गर्ने सम्भावना बढेको हाे । जसले कांग्रेसलाई थप जटिलतातर्फ धकेल्ने निश्चित छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार