मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने

Nagarik Sewa 4881+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं ।  च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव विकास रिमालले पौष १५ गते काठमाडौंको भृकुटीमण्डपमा एक दिने च्याउ मेला सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँकाअनुसार ‘च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’भन्ने नारासहित यस वर्ष च्याउ दिवस मनाइँदैछ । हरेक वर्षको पौष १५ लाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउने गरिएको बताउनुभयो ।

महासचिव रिमालले मेलामा ४० वटा स्टल रहने र १५ गते बिहान नै कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डसम्म मोटरसाइकल ¥याली हुने जानकारी दिनुभयो । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी मेलामा हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तोष कार्कीले च्याउमा नेपाल अब छिटै नै आत्मनिर्भर बन्ने बताउनुभयो । उहाँले विदेशबाट आयात हुने गोलो च्याउ प्रतिष्थापन गर्न सफल भएको बताउनुभयो । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट गोलो च्याउ आयात भएको भएपनि २०८०–०८१ मा ८२ हजार ३१० किलो मात्रै आयात भएको बताउनुभयो ।

अध्यक्ष कार्कीले सस्तो र व्यवस्थित उत्पादन प्रणालीसँग प्रतिष्पर्धा गर्न किसान र उत्पादन सक्षम र प्रतिष्पर्धी हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै