काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्नेहुनुभएको छ। प्रधानमन्त्री कार्कीले ४ जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसक्नुभएको छ र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने कार्यक्रम छ।
कुमार इङ्नाम भूमि, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चम्लागाईं वन र श्रद्धा श्रेष्ठ महिला मन्त्री बन्ने हुनुभएको छ। अब मन्त्रिपरिषद १४ सदस्यीय पुग्ने भएको छ।