काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेको छ ।
बैठकको आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबिच नेपालका भूमिलाई समेटेर गरिएको व्यापार सम्झौताका विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेका हुन्।शाहीले नेपालका सीमाहरु सुरक्षित राख्न सरकारलाई थप संवेदनशील हुन सुझाव दिएका छन्।
सचेतक शाहीले उखु किसानको पैसा दिन पनि सरकारलाई आग्रह गरेका छन् ।