प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तयार

Nagarik Sewa 4387+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

काठमाडौं । संघीय संसद्‍को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ भने प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर पनि तयार भएको छ। आजदेखि यही ३१ वैशाखसम्मको क्यालेन्डर तयार भएको हो ।

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले १५ वैशाखसम्मको एउटा र १६ वैशाखदेखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर तयार पारेको हो । क्यालेन्डर अनुसार बैठक आज बस्नेछ । त्यसपछि १४ र १५ वैशाखमा बस्नेछ । त्यसपछि अर्को बैठक १६ वैशाख बस्नेछ । 

त्यसपछि १९ वैशाखमा बस्ने संयुक्त सदनमा राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ वैशाखमा प्रतिनिधिसभाका बैठक बस्नेछन् ।

कुन दिन के विषय सदनमा अगाडि बढ्नेछन् भन्ने पनि प्रस्तावित छ। यसअनुसार २८ वैशाखमा प्रिबजेट छलफल सुरु हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार