मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

जेठ १५ मा राजतन्त्र फर्किने जगमान गुरुङको दाबी

Nagarik Sewa 4881+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

गुरुङले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने बताउनुभयो । उहाँले मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताउनुभयो । २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गर्नुभयो ।

गुरुङले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको बताउनुभयो । राज्यलाई थाम्ने दायित्व राजाको भएको बताउनुभयो । राजालाई सचेत गराउने काम नागरिकको भएको बताउनुभयो । पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार