मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

भारतको हिमाचलमा भएको गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु

Nagarik Sewa 4868+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। भारतको हिमाचल प्रदेशमा भएको गाडी दुर्घटनामा परी एकै परिवारका तीन जनासहित चार नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

सिमला जिल्लाको कोटखाईनजिक पिकअप जिप दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिका ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। मृतक डिल्लीबहादुर, एकेन्द्र र लक्ष्मी एकै परिवारका सदस्य हुन्। यस्तै दुर्घटनामा चालक भारतीय जोगिन्दर सिंहको पनि मृत्यु भएको छ।

भारतीय प्रहरीका अनुसार, चालकले नियन्त्रण गुमाउँदा जिप भीरबाट तल खसेको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै र अन्य दुई जना (लक्ष्मी र डिल्लीबहादुर) को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। घाइते दुवै जनालाई भने उपचारपछि स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको र परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ। घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र स्थानीय सांसद तथा शिक्षामन्त्री रोहित ठाकुरले दुःख व्यक्त गरेका छन्। उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। काठमाडौं। भारतको हिमाचल प्रदेशमा भएको गाडी दुर्घटनामा परी एकै परिवारका तीन जनासहित चार नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।भारतको हिमाचल प्रदेशमा भएको गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु

सिमला जिल्लाको कोटखाईनजिक पिकअप जिप दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिका ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। मृतक डिल्लीबहादुर, एकेन्द्र र लक्ष्मी एकै परिवारका सदस्य हुन्। यस्तै दुर्घटनामा चालक भारतीय जोगिन्दर सिंहको पनि मृत्यु भएको छ।

भारतीय प्रहरीका अनुसार, चालकले नियन्त्रण गुमाउँदा जिप भीरबाट तल खसेको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै र अन्य दुई जना ९लक्ष्मी र डिल्लीबहादुर० को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। घाइते दुवै जनालाई भने उपचारपछि स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको र परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ। घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र स्थानीय सांसद तथा शिक्षामन्त्री रोहित ठाकुरले दुःख व्यक्त गरेका छन्। उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै