इटहरीका दर्जनौँ युवा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

Nagarik Sewa 4387+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

सुनसरी l सुनसरीको ईटहरी उपमहानगरपालिका–१९ र २० का दर्जनौँ युवाहरू विभिन्न राजनीतिक दलहरू परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नवप्रवेशी सदस्यहरूलाई पार्टीको तर्फबाट स्वागत गरेका हुन् । अध्यक्ष नेपालले नयाँ सदस्यहरूको आगमनले पार्टीलाई थप सशक्त र जनमुखी बनाउने विश्वास व्यक्त गर्दै संगठनलाई स्थानीयस्तरमा मजबुत बनाउने कार्यमा सक्रिय भुमिका निर्वाह गर्न आग्रह गरे।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो। नेताहरूले स्वागत मन्तव्य दिंदै पार्टीप्रति देखाइएको विश्वासका लागि कृतज्ञता व्यक्त गरे। यसअघि पनि  विभिन्न क्षेत्रबाट दर्जनौँ युवा तथा सामाजिक रूपले सक्रिय व्यक्तित्वहरू एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दै आएका छन्। पछिल्लो समय युवापुस्तामा समाजवाद र समावेशी सोचप्रति बढ्दो आकर्षण देखिएको पार्टीले जनाएको छ।

पार्टी प्रवेश कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न ईटहरीका स्थानीय नेतृत्व तथा कार्यकर्ताहरूले सहकार्य गरेका थिए। नवप्रवेशीहरूलाई संगठनिक संरचना अनुसार जिम्मेवारी तोकिने र प्रशिक्षणमार्फत पार्टी विचार र नीतिसँग परिचित गराइने जानकारी पनि दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै