मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

जापानको जन्मदर १ सय २५ वर्षयताकै कम

Nagarik Sewa 4875+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

एजेन्सी । सन् २०२४ मा जापानको जन्मदर १ सय २५ वर्षयताकै कम भएको तथ्याकं सार्वजनिक भएको छ । युवाहरूले विवाह गर्न ढिलाइ गर्दा र वृद्ध जनसंख्या बढ्दै जाँदा गत वर्ष सन् १८९९ मा तथ्यांक राख्न शुरू गरेयताकै कम शिशु जन्मिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तथ्यांक अनुसार सन् २०२४ मा विदेशी नागरिकसहित जापानमा सात लाख २० हजार नौ सय ८८ शिशु जन्मिएका थिए । यो सङ्ख्या सन् २०२३ को तुलनामा पाँच प्रतिशतले कम हो । त्यो वर्ष सात लाख ५८ हजार ६ सय ३१ जना शिशु जन्मिएका थिए ।

गत वर्ष जापानमा जन्मिएका शिशुको सङ्ख्या सन् २०२३ मा मृत्युको सङ्ख्याको तुलनामा दोब्बरले बढी हो । सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या १ दशमलव ८ प्रतिशतले बढेर १६ लाख २० हजार जना पुगेको छ । जापानको कुल जनसंख्या यस महिना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या एक वर्षअघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार