काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.४३ अङ्कले घटेर २५२८.१६ को विन्दुमा कायम भएको छ । आज बजारमा ७४ लाख ८८ हजार २७३ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै ४४.२५ अङ्कले बढेर परिसूचक २५४७.८१ को विन्दुमा बन्द भएको थियो ।दोहोरो अङ्कले बजार घटे पनि सुभम पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।