काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सुशासनको पक्षमा तीव्र गतिमा काम गरिरहेको बताउनुभउको छ। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले नियमितसँगै सुशासनको पक्षमा सरकार दृढ रहेको बताउनुभयो।
उहाँले भन्नुभयो– 'यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो। सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ।' जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ने उनले उल्लेख गरिन् । भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने उहाँको भनाइ थियो ।
सुशासनका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको कार्कीले बताउनुभयो। ुयस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछु, कार्कीले बताउनुभयो।