मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सिंहदरबारमा आगो झोस्नेको टुंगो लागेपछि चुनावमा जान चाहन्थ्यौँ :गगन थापा

Nagarik Sewa 4875+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनकमा गोली चलाउने दोषीहरूसँगै संसद् सिंहदरबार, शीतलनिवास, सर्वोच्च चलाउनेहरूको पनि यकिन गरेर चुनावमा जाने चाहना रहेको बताएका छन् ।  त्यो चाहना पूरा नहुँदै चुनाव हुने भएकाले यही अवस्थामा चुनावमा जान बाध्य भएको बताए । 

प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित भिजन–१० प्रतिज्ञा पत्रका विषयमा प्रश्नोत्तरमा सहभागी भएका थापाले यस्तो बताएका हुन् । राष्ट्रिय सम्पत्तिमा आगो झोस्नेहरू दूधको दूध पानीको पानी छुट्याएर चुनावमा गएको भए धेरै कुरा चुनावले नै फैसला गर्ने बताए ।  जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित कार्की आयोग विगतका रायमाझी, मालिक र लाल आयोगको जस्तै हुने त होइन भन्दै अभियन्ता माझी ताम्सरीले प्रश्न सोधेकी थिइन् । 

“हामी त चाहन्थ्यौँ जेनजी आन्दोलन दमन गर्न कसले दबाब सिर्जना गर्‍यो र धेरैजना नौजवानले ज्यान गुमाउने अवस्था आयो, त्यो पनि सार्वजनिक होस्,” थापाले भने, “संसद् भवन, सिंहदरबार सर्वोच्च अदालतसहितमा आगो झोस्नेहरूको विषयमा पनि दूधको दूध पानीको पानी छुट्याएर चुनावमा जान पाइयोस् भन्ने हाम्रो इच्छा थियो । तर, नटुंगिँदै चुनावमा जानुपर्‍यो ।”  सभापति थापाले विकासमा रहेका अवरोध हटाउन धेरैवटा ४१ कानुन संशोधन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार