मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

जेनजी आन्दोलनमा मानवीय क्षति नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ : रमेश लेखक

Nagarik Sewa 4881+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूले पद छाड्नुअघिको अन्तिम मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउन प्रस्ताव गरेको दाबी गरेका छन् । तर, आफूले राखेको प्रस्ताव मन्त्रिपरिषद्ले ‘निर्णयमा स्वीकार’ नगरे पनि ‘कार्यान्वयनमा भने स्वीकार’ भएको बताए ।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने, “भदौ २३ गतेको मन्त्रिपरिषद्‌मा मेरो सरकारमा अन्तिम दिन थियो । मेरो राजीनामा हुँदै गर्दा एउटा प्रस्ताव स्वीकार होस् भनेर सामाजिक सञ्जालको प्रतिबन्ध फुकाउन प्रस्ताव गरेको थिएँ,” लेखकले भने, “त्यसलाई निर्णयमा स्वीकार गरिएन तर, कार्यान्वयनमा भने स्वीकार भएको छ ।” बैठकमा उनले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिबारे पनि धारणा राखे । आफूले प्रदर्शनको सुरक्षा योजना बनाउँदा नै संयमित हुन र कुनै पनि मानवीय क्षति नहोस् भनेर स्पष्ट निर्देशन दिएको उनको दाबी छ ।

“घटना घटिसकेपछि हामी स्तब्ध भयौँ । त्यसपछि हामीले सुरक्षा समितिको बैठक गरेर संयम हुनुपर्ने परिस्थिति बनेको निष्कर्ष निकालेका थियौँ र थप क्याजुअल्टी नहोस् भनेर अधिकतम संयमता अपनाउने निर्णय गरेका थियौँ,” उनले भने । लेखकले जेनजी आन्दोलनमा 'घुसपैठिया' प्रवेश गरेको आरोप लगाउँदै उनीहरूले कांग्रेसविरुद्ध आक्रमण गरेको बताए । उनले विराटनगरको कोइराला निवास र बाँडेगाउँको किशुनजी आश्रममा भएका आक्रमणलाई भ्रष्टाचारविरोधी आन्दोलनमात्रै मान्न नसकिने तर्क गरे ।

लेखकले आन्दोलनका क्रममा धेरै जनाको हताहती भइसकेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको बताए । “धेरै जनाको हताहत भइसकेपछि त्यसको नैतिक जिम्मेवारी कसै न कसैले लिनुपर्ने भएकाले मैले लिएर राजीनामा दिएको हुँ,” उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार