मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

गाजामा कुपोषणको अवस्था चिन्ताजनक बन्दैः डब्ल्यूएचओ

Nagarik Sewa 4874+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा कुपोषणको अवस्था “चिन्ताजनक” बन्दै गएको चेतावनी दिएको छ भने खाद्य संकट र स्वास्थ्य आपत्‌काल टार्न “विस्तृत र तीव्र सहायता” आवश्यक रहेको जनाएको छ । हालसालै मात्र १०० भन्दा बढी व्यक्तिको मृत्यु कुपोषणका कारण भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का अनुसार गाजाको एक तिहाइ जनसंख्या केही नखाई बस्न बाध्य छन् र प्रत्येक चार जनामा एकले “भोकमरीसरहको अवस्था” भोगिरहेका छन् । स्थानीय पत्रकार इमाद कुडायाका अनुसार अधिकांश हवाई सहायता प्याकेजहरू इजरायली नियन्त्रणमा रहेका सुरक्षित क्षेत्रमा खसेका छन्, जहाँ पुग्न खोज्नु “जीवन जोखिममा पार्ने काम” हो ।

गाजा सिटीकी रशा अल शेख खलीलले “विरामले आशाको किरण देखाएको भए पनि भोकमरी फेरि बढ्ने डर” रहेको बताइन् । अर्की नागरिक नेभिन सालेहले भने, “हामीले चार महिनादेखि कुनै पनि ताजा फलफूल वा तरकारी खान पाएका छैनौँ ।”

इजरायलले आइतबार केही भागमा १० घण्टाको ‘सैनिक विराम’ घोषणा गरेपछि जोर्डनले यूएईसँग मिलेर गाजामा २५ टन राहत सामग्री हवाईमार्गबाट पुर्‍याएको छ ।इजरायली पक्षले यसलाई “जानाजानी भोकमरी गराइएको भन्ने झूटो आरोपको खण्डन” भन्दै मानवीय मार्ग खुला गरिएको दाबी गरेको छ । तर, हमासले यसलाई “छवि सुधार्ने प्रयासमात्र” भनेको छ ।

संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरका अनुसार आइतबार मात्र १०० भन्दा बढी ट्रक सहयोग सामग्री गाजामा प्रवेश गरेको प्रारम्भिक रिपोर्ट आएको छ । “यो प्रगति हो, तर खाद्य संकट र स्वास्थ्य आपत्‌काल रोक्न अझ धेरै सहायता आवश्यक छ,” उनले भने । गाजाको केन्द्रमा सहयोगको आशमा भीड जम्मा भएको बेला इजरायली सेनाले गोली चलाउँदा ९ जनाको मृत्यु र ५४ घाइते भएको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार