मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सडकमा उत्रिए पीडित आफन्त

Nagarik Sewa 4868+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन माग गर्दै पीडित आफन्तले प्रदर्शन गरेका छन् । चाँडोभन्दा चाँडो आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता व्यक्तिका आफन्तले सोमबार (भदौ २२) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । मित्रराष्ट्रसँग सहयोग लिएर भए पनि उद्धार कार्य प्रभावकारी बनाउन उनीहरूको आग्रह छ ।

उक्त आयोजनास्थलबाट बेपत्ता भएका सुमेश अमात्यका दाइ रमेशले १३ दिन बितिसक्दा पनि उद्धार कार्यले गति लिन नसकेको गुनासो गरे । सरकारको ‘आँखा खुलाउन’ र छिटो उद्धारका निम्ति दबाब दिन धर्नासहित प्रदर्शन गर्नुपरेको उनले बताए । बाढी आएको समयमा क्याम्प भवनमा बैठक बसिरहेको र त्यो पुरिँदा करिब ४२ जना थुनिएको हुन सक्ने उनको भनाइ छ ।

पहिले लगिएको सानो एक्साभेटरले काम गर्न नसकेको उनले बताए । ठूलो एक्साभेटर ढुवानी गर्न सक्ने क्षमताको हेलिकोप्टर नहुँदा उद्धार रोकिएको उनले उल्लेख गरे । उनले ठूला हेलिकोप्टर र उपकरणका निम्ति भारत वा चीनजस्ता छिमेकी मुलुकहरूले सहयोग गर्ने तत्परता देखाउँदा पनि सरकारले समयमै पहल नगरेको बताए । तत्काल उच्च क्षमताका उपकरण ल्याएर उद्धार गर्न उनले माग गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार