कर्मचारीले ताला फुटाएपछि हाजिर भए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं: उपमेयर डंगोलको पनि साथ

Nagarik Sewa 4507+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालयमा हाजिर भएका छन्। उनलाई कर्मचारीहरूले नै सुरक्षा दिएर कार्यकक्षसम्म पुर्‍याएका छन्। कर्मचारीहरूले उनको कार्यकक्षमा लगाइएको ताला फुटाएरै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा पुर्‍याएका हुन्। गुरागाईंलाई महानगरपालिकामा रोक्न मेयर बालेन्द्र शाहले महानगर प्रहरी परिचालन गरी अवरोध गरेका थिए।

उनले गुरागाईंको कार्यकक्षसमेत बन्द राख्न लगाएका थिए। हाजिर हुन महानगरपालिका पुगेका गुरागाईंलाई नगर प्रहरीले गेटमै अवरोध गर्न खोजेका थिए। तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएर हाजिर गराएका हुन्। गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलबभत्ता लिन पाएका छैनन्। महानगरपालिकाको सेवा प्रभावित छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार