हट्यो नवराज सुवेदीमाथिको नजरबन्द

Nagarik Sewa 4387+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं।चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै  ‘नजरबन्दमा रहेका  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको ‘नजरबन्द’ हटेको छ । 

आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ । ‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ’, उनले भनेका छन्, ‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु ।’ 

उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् । सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै