सरकारको नीति तथा कार्यक्रम वैशाख १९ मा पेस हुने

Nagarik Sewa 4387+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

काठमाडौं। आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १२ गतेबाट सुरु हुने बजेट अधिवेशनमा वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ ।  सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति भएको हो । 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरी तयारी भएको बताउनुभयो। उहाँका अनुसार विगतको भन्दा अलि फरक ढङ्गले बजेटको तयारी भएको बताउनुभयो। 

‘विगतमा पहिला बजेटका प्राथमिकतामा छलफल गरेर नीति तथा कार्यक्रममा जान्थ्यौ तर अहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गरेर पारित भएपछि त्यसैका आधारमा बजेटका प्राथमिकता निर्धारण गर्छौ’, बर्तौलाको भनाइ छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार