मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

आयोगद्वारा जाँचबुझको दायरामा रहेका सबैको स्थानहद फुकुवा

Nagarik Sewa 4868+ समाचार ( )
२१ पौष २०८२, सोमबार

काठमाडौं। जेनजी आन्दोलनका घटना सम्बन्धी जाँचबुझ आयोगले जाँचबुझको दायरामा रहेकाहरूका लागि लगाएको स्थानहद फुकुवा गरेको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद आयोगले सोमबार फुकुवा गरेको प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्तिमार्फत जनाएका छन्। ओलीको स्थानहद फुकुवासँगै आयोगले लगाएको सबैको स्थान हद फुकुवा भएको छ। 

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापालाई असोज १२ गते निर्णय गर्दै स्थान हद लगाएको थियो। उनीहरूलाई विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न आयोगले सरकारलाई भनेको थियो।

पूर्वगृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ र पूर्वप्रमुख जिल्ला अधिकारी रिजालको स्थान हद फुकुवा गर्ने निर्णय आयोगले पुस ७ गते गरेको थियो । अनुसन्धान प्रमुख थापाको भने त्यसअघि नै स्थान हद फुकुवा गरिएको थियो। आयोगले पूर्वगृहमन्त्री लेखकमाथि लगाएको स्थान हद पुस १७ गते फुकुवा गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै