मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

२.३५ अंकले घट्यो नेप्से

Nagarik Sewa 4874+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं। दशैंका कारण बिहीबार सेयर बजार परिसुचक नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.१० अंक, फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंकले घटेपछि समग्र बजार प्रभावित बन्यो ।  

नेप्सेमा बिहीबार ३ अर्ब २६ करोड बराबरको कारोबार भएको छ । बजारमा ३२७ स्टकको ३७ हजार ५६२ पटकको कारोबारमा ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँबराबरको ७९ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ४ अर्बबढीको कारोबार भएको थियो । दशैं बिदा सुरु हुनुअघि आइतबार एकदिनमात्र कारोबार हुने भएकाले लगानीकर्ताहरु बिहीबार बजारमा नदेखिएका हुन् ।  

हिमस्टार उर्जा कम्पनीको शेयर बिहीबार सकारात्मक सर्किट लेभलमा ६३ रुपैयाँ ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावरको करिब साढे १८ करोड र हिमालयन रि इन्स्योरेन्सको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार