एकीकृत समाजवादीले उपसभामुख हटाउने प्रक्रियामा साथ नदिने

Nagarik Sewa 4387+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगर हटाउन साथ नदिने बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर अभियान चलाइरहेका बेला एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि औपचारिक रुपमा प्रतिक्रिया दिने बताउनुहुन्छ । 

उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं,’ सांसद कुँवरले भन्नुभयो। प्रतिनिधिसभामा एकीकृत समाजवादी प्रतिपक्षी बेन्चमा छ । यो दलका १० जना सांसद रहेका छन् । उपसभामुखलाई पदबाट हटाउनका लागि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।हाल प्रतिनिधिसभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।

यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६६) अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार