मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

विश्वका पाचौँ प्रदूषित सहर काठमाडौं

Nagarik Sewa 4868+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं। ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाडौं उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पाचौँ स्थान देखिएको छ । बिहान ११ः५० मिनेटको मापन अनुसार यहाँको वायु प्रदूषण १ सय ८० एक्युआई पुगेको छ । 

वायु गुणस्तरको एक नम्बरमा चीनको बेइजिङ छ । यहाँको वायु प्रदूषण २ सय ४० एक्युआई छ । यस्तै, दोस्रोमा युगाण्डाको कम्पालाको वायु प्रदूषण २ सय २८ एक्युआई छ । यस्तै, तेस्रोमा भारतको दिल्ली र चौथौँमा कुवेत छ । यहाँका वायु प्रदूषण क्रमशः २०५ र १८४ एक्युआई पुगेको छ । 

उपत्यकाको आकाश डम्म छ । स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन सकेको अवस्था छैन । यसले गर्दा वायु गुणस्तर अस्वास्थ्यकर बनेको छ ।  

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत वातावरण विभागले जनाएको छ ।

एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै