काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।