मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : विश्वप्रकाश शर्मा

Nagarik Sewa 4875+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताएका छन् । मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने बताए । पछिल्लो समय नेपाली कांग्रेसप्रति जनलहर सिर्जना भएको उनको दाबी छ ।

"अहिले कांग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू कांग्रेसमा समाहित भइरहनुभएको छ," शर्माले भने, "एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिंगै प्रदेश कमान्ड गर्ने ममता शर्मासम्मले कांग्रेसको रुख चिह्न रोज्नुले कांग्रेसको बढ्दो आकर्षण पुष्टि गर्छ ।"

शर्माले देशमा पटक–पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको बताउँदै अब ५ वर्ष टिक्ने प्रधानमन्त्रीको पद्दतिका बारेमा गम्भीर बहस हुनुपर्ने बताए । "हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने के–के सुधार गर्ने हो, त्यसमा छलफल गरौँ । निर्वाचनलाई युद्धको मैदान नभई परख गर्ने थलो बनाऔँ," उनले भने । भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले कठोर नीति लिएको उनको भनाइ छ । "कांग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ । निर्दोष प्रमाणित भए फिर्ता आउने बाटो खुला रहनेछ, तर दोषीलाई कुनै छुट हुनेछैन," शर्माले भने ।

विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न कांग्रेसले ‘जीडीपीपी’को अवधारणा ल्याएको शर्माले बताए । १२०० मेगावाटको बूढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने र त्यसमा डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना उनले सुनाए ।

"काठमाडौंको एयरपोर्टमा अँगालो मारेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ," शर्माले भने, "बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछा पालन र पर्यटनको ठूलो सम्भावना छ, जसले मधेशको सिँचाइ र खानेपानी समस्या समेत हल गर्नेछ ।" शर्माले मोरङ-३ का उमेदवार डा. सुनिल शर्मालाई विजयी गराउन अपिल गरे । चुनाव जित्न प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गर्दै उनले ‘मेरो वडा म जिताउँछु’ अभियान चलाउन निर्देशन दिए ।

"व्यक्ति सुनिल शर्मालाई मात्र होइन, सिंगो कांग्रेसको भिजनलाई जिताउनु पर्छ," शर्माले भने, "२५ गते बिहान जब सुनिल शर्मा विजयी भएको खबर सुनिनेछ, त्यो नै यो क्षेत्रको समुन्नतिको सुरुवात हुनेछ ।" 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार