५.५७ अंकले घट्यो नेप्से

Nagarik Sewa 4507+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

काठमाडौं। साताको अन्तिम कारोबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दूमा झरेको छ। बुधबार सेयरबजार परिसूचक १३.९० अंकले बढेको थियो। उक्त अंकले वुद्धि हुँदा नेप्से २६८०.५२ विन्दूमा पुगेको थियो। 

साथै आज परिसूचक घटे पनि कारोबार भने बढेको छ। हिँजो परिसूचक बढे पनि कारोबारभने घटेको थियो। आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयरकारोबार भएको छ। हिँजो  ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ। एउटा कम्पनीको स्थीर रहेको छ। आज विकास बैंक,हाइड्रोपावर,लघुवित्त र म्युचुअल फण्डको सेयर बढेको छ भने वाणिज्य बैंक सहकारी होटल व्यवसाय लगायत क्षेत्रको सेयर घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार