मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ खुल्यो

Nagarik Sewa 4874+ समाचार ( )
२१ पौष २०८२, सोमबार

काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) आम सर्वसाधारणका लागि सोमबारदेखि खुलेको छ। कम्पनीले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गर्न लागेको हो। अंकित मूल्य १ सयका दरले नै कम्पनीले सो सेयर निष्कासन गरेको हो।

संस्थामा सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउनका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो। नयाँ सारथी लघुवित्तसँग मर्जरपछि कम्पनीले एफपीओ निष्कासन गरेको हो। बैंक तथा वित्तीय संस्थाको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनुपर्ने नीतिगत व्यवस्था छ।

एफपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ हुनेछ। सर्वसाधारणले सोमबारदेखि बिहीबारसम्म कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयर मार्फत कम्तीमा १० र बढीमा १ हजार कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ। हाल सेयर बजारमा यस कम्पनी कारोबार भइरहेको छ । कुल ७४ लाख ५० हजार ४०४ कित्ता सेयर बजारमा सूचीकृत छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ छ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.६२ रुपैयाँ छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ छ। देशभर कारोबार गर्न इजाजत पाएको यसको मुख्य कार्यालय धुलिखेलमा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार