दाङमा एमालेका ८८ जना नेता तथा कार्यकर्ताले गरे सामूहिक पार्टी परित्याग (विज्ञप्तीसहित)

Nagarik Sewa 4401+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

दाङ । नेकपा (एमाले) पार्टीभित्र असन्तुष्टि र विभाजनको क्रम निरन्तर जारी छ। यसै क्रममा दाङ क्षेत्र नं. २ बाट एमालेका ८८ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। उक्त क्षेत्र नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलको गृह निर्वाचन क्षेत्रसमेत हो। प्रभावशाली नेताहरूको नेतृत्वमा भएको यस सामूहिक पार्टी परित्यागलाई एमालेका लागि गम्भीर राजनीतिक संकेतका रूपमा हेरिएको छ।

पार्टी परित्याग गर्ने व्यक्तिहरूले प्रेस विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वले जनभावना बेवास्ता गर्दै सत्ताकै लोभमा सिद्धान्तहीन राजनीति गरिरहेको आरोप लगाएका छन्। उनीहरूले अब नयाँ विकल्प खोज्दै समाजवादी सोच र जनताको पक्षमा उभिन सक्ने पार्टीको साथ लिन लागेको जनाएका छन्। यसअघि पनि विभिन्न जिल्लामा एमाले परित्याग गर्ने क्रम तीव्र देखिएको छ। स्थानीयदेखि केन्द्रीय तहका नेताहरूले एकपछि अर्को गर्दै एमाले छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेपछि एमालेभित्रको संगठनात्मक एकता र कार्यकर्ता मनोबलमा चुनौती देखिन थालेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, पार्टीभित्रको नेतृत्वशैली, गुटगत राजनीति र आन्तरिक संवादहीनताले असन्तुष्टि चुलिएको हो। यसरी महासचिव पोखरेलको प्रभावक्षेत्रमै यो प्रकारको ठूलो संख्यामा पार्टी परित्याग हुनु एमाले नेतृत्वका लागि पुनर्विचारको खाँचो भएको संकेत हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै