इजरायलले इरानको जेलमा गरेको आक्रमणमा ७१ जना मारिएको खुलासा

Nagarik Sewa 4401+ समाचार ( )
१६ आश्विन २०८२, सोमबार

काठमाडौं ।   इसराइलले इरानको जेलमा गरेको आक्रमणमा ७१ जना मारिएको खुलेको छ। इसराइल-इरान तनावबीचगत आइतबार इसराइलले इरानको इभिन जेलमा गरेको हवाइ आक्रमणमा परी ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाका प्रवक्ता अस्घर जहांगिरलाई उद्धृत गरेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ।

इभिन जेल कुख्यातदेखि राजनीतिक बन्दीसम्म राखिने जेल हो। त्यहाँ बन्दीहरूलाई अत्यन्त कठोर यातना दिने गरिन्थ्यो भनेर न्युयोर्क टाइम्सले जनाएको छ। आइतबारको इसराइली हमलामा मारिनेहरुमा  थुनुवा मात्रै छैनन्, उनीहरूलाई भेट्न आएका आफन्तदेखि कर्मचारीहरू समेत परेका छन्।

पारिवारिक संवेदनशीलतालाई मधेनजर राख्दै मृतकको नाम र पहिचान सार्वजनिक गरेको नगरिएको प्रवक्ता जहांगीरले बताएका छन्। इसराइलली रक्षा मन्त्रालय र इसराइली डिफेन्स फोर्सले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।   

न्युयोर्क टाइम्सले त्यो जेलमा विपक्षी पार्टीका नेताहरू, अभियान्ता, वकिल, पत्रकारदेखि दुइवटा नागरिकता भएकाहरू राखिएका छन्। नागरिक अधिकारकर्मीहरूले जेलभित्र बन्दीहरूमाथि अत्यन्त कठोर यातना हुने गरेको बताएका छन्। इभिनकै पूर्वबन्दीले जेलभित्रै शारीरिक, मानसिक यातनादेखि  बलात्कारसम्म हुने बताएको न्यूयोर्क टाइम्सको समाचारमा उल्लेख छ।

जुन २३ मा आक्रमण गर्दा इसराइलले उक्त जेल इरानका विभिन्न लक्ष्यमध्येको एक रहेको बताएको थियो। इसराइली रक्षामन्त्री इसराइल कात्जले इभिन जेल लडाकू समूह बासिजको मुख्यालय रहेको दाबी गरेका थिए। बासिज इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)ले सहायता र समर्थन गरेको समूह भनिएको छ।  

हमलामा परी सरकारी वकिल अली घनात्कर मारिएको खुलेको छ। घनात्करले सोही जेलमा बन्दी रहेका नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी, बेलायती–इरानी च्यारिटी कार्यकर्ता नाजानिन जागारी–र्‍याटक्लिफ लगायतका द्वैदेशिक नागरिक र उक्त जेलमा कैद राजनीतिक बन्दीहरू विरुद्धका मुद्दा हेरेका हेर्दै आएका थिए।

अरू मारिनेहरूको को-को हुन् भन्ने खुलाइएको छैन। आइदा युनेसी नाम गरेकी युवतीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्नो दाइ पनि सोही जेलमा रहेको बताउँदै उनको अवस्थाबारे प्रश्न गरेकी छन्। उनले आफ्नो दाइ सन् २०२० देखि नै उक्त जेलमा रहेको बताएकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै