नेपाललाई नेदरल्याण्ड्सको मध्यम लक्ष्य

Nagarik Sewa 4387+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

काठमाडौं ।   आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले २२६ रनको लक्ष्य पाएको छ । स्कटल्याण्डको डुन्डीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो ।

नेदरल्याण्ड्सका लागि मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन बनाए । विक्रमजित सिंहले ३८ रन बनाए । रोलफ भान डर मर्वेले २१ रन बनाए ।

सुरुवाती १६ रन जोड्दा २ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि सिंह र एडवार्ड्स मिलेर तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

त्यसपछि १६६-७ को अवस्थाबाट क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गरे । नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए ।

नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार