मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

Nagarik Sewa 4868+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित भएको छ। आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक सरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठक सोमबारका लागि सारिएको छ।

कांग्रेसले असोज २८ देखि केन्द्रीय समिति बैठक गरे पनि महाधिवेशन कार्यतालिकामा मतभेद हुँदा अहिलेसम्म निर्णय लिन सकेको छैन। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन तिथिमितिबारे सहमति जुट्न नसकेपछि बैठक फेरि स्थगित भएको हो।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्रै नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनको विकल्प नहुने अडान राख्दै आएका छन्। सभापति शेरबहादुर देउवानिकट केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरूले चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्।

सभापति शेरबहादुर देउवानिकट केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरूले चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। कांग्रेसमा फागुन २१ को चुनावअघि नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवाद छ। कतिपय नेताले विशेष महाधिवेशनको विरोध गर्दै वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्।

यसैबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेका छन्। नेता गुरूराज घिमिरेले कांग्रेस केन्द्रीय समिति बैठक डेढ महिनासम्म चलेर कीर्तिमान कायम राखे पनि महाधिवेशनबाट निर्णय गर्न नसकेको भन्दै आलोचना गरेका थिए। विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनका लागि मिति र स्थान तोक्न पनि माग गरिरहेका छन्।

सभापति देउवानिकट नेताहरूले भने नियमित महाधिवेशन नै गर्नुपर्ने भन्दै विभिन्न बैठक तथा भेला गर्दै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार