अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन

Nagarik Sewa 4387+ समाचार ( )
२६ माघ २०८१, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । शुक्रबार (माघ २५) पार्टी कार्यालयमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकबाट श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको हो । उनी यसअघि अनेरास्ववियूको महासचिव थिए ।

यस्तै, उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव र नरेश न्यौपाने चयन भए । महासचिवमा राजन शर्मा पराजुली छानिएको संगठनले जनाएको छ ।

श्रेष्ठले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति थालेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार