मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

रवि र छविको बुटवल इजलासको सुनुवाइ स्थगित

Nagarik Sewa 4382+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

काठमाडौं। उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार आज हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी (तत्कालीन गोरखा मिडियाका सञ्चालक) छविलाल जोशीको सुनुवाइ स्थगित गरिएको छ । रवि र छविका पक्षबाट बहस गर्ने अधिवक्ताहरू नआइपुग्दा निवेदकले नै स्थगन मागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। 

यस दिन उच्च अदालत पाटनमा पनि सहकारीसम्बन्धी मुद्दाको पेसी भएको र अधिवक्ताहरू त्यसतर्फ पुगेकाले यहाँ सुनुवाइ रोकिएको हो। निवेदककै आग्रहमा सुनवाइ रोकिएको रास्वपाका नेता शिव डुम्रेले जानकारी दिए । अदालतले रवि र छविको मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिएको थियो । गएको हप्ता मुद्दाको मूल मिसिल झिकाउन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।

बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न रविले माग गरेकामा उच्च अदालतले उनीसँगै छविको पनि फाइल पेस गर्न आदेश दिएको थियो । रविको मुद्दामा यसअघि उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । रवि हाल ललितपुरको नक्खु कारागारमा छन् । छवि भैरहवा कारागारमै छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार