प्रहरीका ८०० भन्दा बढी हतियार अझै गायब

Nagarik Sewa 4387+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं। २३ र २४ भदौमा जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८०० भन्दा बढी हतियार अझै गायब छन्। देशभर भएको जेन–जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो। 

प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भीडीओमा समेत देखिन्थ्यो। ती मध्ये तीन सय भन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन्। तर अझै ८ सय भन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालय बताउँछन्। हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

प्रहरीका हतियार अहिलेसम्म गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने यता सुरक्षाकर्मी भने हतियारबिहिन हुनुपर्ने अवस्था छ। लुटिएका मध्ये केही हतियार नेपाली सेनाले बरामद गरेको थियो । केही हतियार तथा पेस्तोलसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो । तर अझै ठूलो संख्यामा हतियार गायब रहेको पाइएको छ ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक गरी तीन प्रहरीले आन्दोलनमा ज्यान समेत गुएका थिए । केहीले भने भागेर र आत्मसर्पण गरेर ज्यान बचाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार