देश छाड्दै प्रधानमन्त्री ओली

Nagarik Sewa 4401+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ । सोमवार बसेको मन्त्री परिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो ।

प्रधानमन्त्री ओलीले चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिनु हुने भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । उहाँका अनुसार बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायतका मन्त्रीहरु सहभागी हुने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘२०८१ चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।’’

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार