मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

नेकपा एसले राजावादीहरूको अराजक गतिविधि विरूद्ध देशव्यापी भण्डाफोर र विरोध प्रदर्शन गर्ने

Nagarik Sewa 4881+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

काठमाडौं। राजावादीहरूको चैत १५ गतेको अराजक गतिविधि आगजनी, तोडफोड र लुटपाटका घटनाको विरोधमा नेकपा एकीकृत समाजवादीले देशव्यापी भण्डाफोर र विरोध प्रदर्शन गर्ने भएको छ । 

पार्टी स्थायी कमिटी बैठकले राजावादीहरूको आतंककारी क्रियाकलापको विरोध र सरकारलाई सजग र सतर्क बन्न दबाब बढाउने उद्देश्यले भण्डाफोर र विरोध कार्यक्रम गर्न लागेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकका विस्तृत निर्णयहरू आजै दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । 

चैत १५ राजावादीले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू नेकपा एकीकृत समाजवादीको कार्यालय प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए । त्यसबाहेक उनीहरूले निजी घर, सरकारी कार्यालय, व्यापारिक कम्प्लेक्स र निजी सार्वजनिक सवारी साधनमा क्षति पुर्‍याएका थिए । सोही क्रममा २ जनाको ज्यान नै गएको छ ।

एकीकृत समाजवादीले पार्टी कार्यालयमा पुर्‍याएको क्षति सङ्कलन र मूल्याङ्कन गर्न उपमहासचिव तथा पार्टी कार्यालय सचिव रामकुमार भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समितिले क्षतिको मूल्याङ्कन गरेर जतिसक्दो चाँडो पार्टीलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । 

उपमहासचिव भट्टराईले एक साताभित्र राजावादीको हर्कतको देशव्यापी विरोध र भण्डाफोर गर्न सबै जिल्ला कमिटीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार सबै जिल्ला कमिटीले एक साताभित्र आ आफ्ना अनुकूल त्यस्ता कार्यक्रम गर्न सक्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार