प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित नौ जना पक्राउ

Nagarik Sewa 4387+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

सुनसरी । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित सुनसरी प्रहरीले नौ जना कारोबारीलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ भन्सार कार्यालय अगाडीबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो ।

भारतको वीरपुरबाट नेपालतर्फ शंकास्पद रुपमा मोटर साइकलबाट तथा पैदल आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा उनीहरुले शरिरभित्र लुकाएर राखेको अवस्थामा लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको डिएसपी खतिवडाले बताउनुभयो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार