मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

सरकारका पूर्वसहसचिव विष्णु शर्माको शब्दसंयोजनमा ‘सरकारी प्याउली जोबन’ सार्वजनिक

Nagarik Sewa 4881+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजार तिजमय बन्दै गएको छ। नयाँ नयाँ तिज गीतका भिडिओहरू सार्वजनिक हुने क्रम तीव्र हुँदै गएको छ। यस्तै क्रममा गायक तथा सङ्गीतकार नरहरि प्रेमीको मौलिक तीज गीत सरकारी प्याउली जोबन सार्वजनिक गरिएको छ।

गीत युनिटका अनुसार पछिल्लो समय बजारमा छाडा र अश्लील तिज गीतको बाढी आइरहेका बेला मौलिकता जोगाउने उद्देश्यले यस गीतलाई तयार पारिएको हो। लोकसंस्कृति झल्काउने यस गीतमा नेपाली महिलाको तिज पर्वको भावनालाई परम्परागत शैलीमा प्रस्तुत गरिएको छ। गीतमा विष्णु प्रसाद शर्मा, नरहरि प्रेमी, पूर्णकला बि.सी. र अनिल श्रेष्ठको स्वर रहेको छ। शब्द र लय विष्णु प्रसाद शर्माको रहेको छ भने सङ्गीत निर्देशन नरहरि प्रेमीले गरेका छन्। लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका छन् भने मिक्सिङ मनोज डंगोलले गरेका हुन्।

भिडिओ पक्षमा निर्देशक राजकुमारको निर्देशनमा मोडल आशा भुसाल र पवन खतिवडा ‘बाबा’ ले अभिनय गरेका छन्। खेम थापा मगरको छायाङ्कन, अर्जुन बि.सी.को कोरियोग्राफी र सम्पादन पनि निर्देशक राजकुमारकै रहेको छ। भिडिओ नरहरि प्रेमीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीतको लिंक:

https://www.youtube.com/watch?v=vCmtC03HMqE 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै