मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

बाह्रविसे नगरपालिकाको दुई नम्बर वडामा बालमैत्री स्थानीय शासन पूर्वतयारी कार्यक्रम सम्पन्न

Nagarik Sewa 4881+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका वडा नम्बर २ मा बालमैत्री स्थानीय शासन कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा श्री नेपाल राष्ट्रिय मावि कर्थलीमा सो कार्यक्रमको समापन गरिएको हो । 

कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर मञ्जु तामाङ्गले बालमैत्री शासन लागू गराउन सबै स्थानीय तह प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । सबै सरोकारवाला निकायको सक्रिय पहलले मात्रै घोषणाको कार्यक्रम पूरा हुने भन्दै त्यसप्रति प्रतिबद्ध हुनसमेत उहाँले अपिल गर्नुभएको छ । 

कार्यक्रममा उपस्थित अन्य विज्ञहरुले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ वटा सूचकांक अपरिहार्य रहेको बताएका थिए । 

त्यस्तै, कार्यक्रममा बालसञ्जाल र महिला सञ्जाल पनि गठन गरिएको छ । बालसञ्जालको अध्यक्षमा विसुदेव बस्नेत, उपाध्यक्षमा आशिका तामाङ्ग, सचिवमा सुस्मिता तामाङ्ग, सहसचिवमा मनिषा भुजेल, कोषाध्यक्षमा फुर्लामु शेर्पा र सहकोषाध्यक्षमा दावाछिरिङ शेर्पा रहेका छन् । 

त्यस्तै, बालसञ्जालकै सदस्यतर्फ सपना भण्डारी, सिर्जन तामाङ्ग, निशा तामाङ्ग, सुशिला तामाङ्ग, अनिस्टोन तामाङ्ग, विनिता तामाङ्ग, जेनिशा गुरुङ्ग, रिष्म राउत र सुदिप विक रहेका छन् । 

कार्यक्रममा नगरपालिकाका उपमेयर मञ्जु तामाङ्ग, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल लगायतका विज्ञहरुको सहभागिता रहेको थियो । 

नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार