सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध परेको अवहेलना मुद्दाको पेशी आज

Nagarik Sewa 4387+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं। गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अवहेलना मुद्दाको पेशी आज तोकिएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेर ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । उनले प्रधानमन्त्रीलाई पदमुक्त गर्न निवेदनमा माग गरेका छन् ।

अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार