काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले ८ बिचौलियालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार ५ जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमाथि अहिले सोधपुछ भइरहेकाले प्रहरीले उनीहरुको विवरण सार्वजनिक गरेको छैन । पछिल्लो समय राहदानी विभागमा बिचौलीहरुको बिगिबिग भएको भन्दै नागरिकले गुनासो गर्न थालेपछि प्रहरीले कारबाही अघि बढाएको छ ।उनीहरुले राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई दुःख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।