मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सत्ताधारीहरूको दम्भ र अहंकारका कारण देशले हालको संकट बेहोर्नुपरेको अध्यक्ष नेपालको भनाई

Nagarik Sewa 4868+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीहरूको दम्भ र अहंकारका कारण देशले हालको संकट बेहोर्नुपरेको बताएका छन्। जेन-जी आन्दोलनका जायज मागलाई समयमै सम्बोधन नगर्दा दर्जनौँ युवाले ज्यान गुमाउनुपरेको र मुलुकले अपूरणीय क्षति भोगेको उनको भनाइ छ। आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले आन्दोलन शुरू हुनुअघि नै मागहरूप्रति समर्थन र ऐक्यबद्धता जनाएको स्मरण गराएका छन्।

उनले यो आन्दोलनलाई गणतन्त्र स्थापनापछि पनि जनताको भावनाअनुसार पारदर्शी र जनउत्तरदायी शासन दिन नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणामका रूपमा स्वीकार गर्नुपर्ने बताए। नेता र जनताको जीवनशैलीबीचको दूरी, भ्रष्टाचार, कुशासन, बेरोजगारी र युवा पलायनजस्ता समस्याले यो अवस्था सिर्जना गरेको उनको विश्लेषण छ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको छ र निर्वाचनको मिति समेत घोषणा भएको छ।’ विगतका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन र रोजगारी सिर्जना गर्न सके मात्र आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति साँचो श्रद्धाञ्जली हुने उनको भनाइ छ।

अध्यक्ष नेपालले युवा पुस्ता, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै अंगसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार