मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |
मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |


चन्द्रपुर–२ मा धाराहरू सुक्दै: संकटग्रस्त टोलमा निःशुल्क शुद्ध पानी वितरण सुरु

Nagarik Sewa 4868+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

अरुण पटेल/रौतहट । लामो समयदेखि तराई–मधेस क्षेत्रमा वर्षा नहुनुका कारण उत्पन्न भएको सुख्खा संकटसँगै जिल्लाको चन्द्रपुर नगरपालिका–२ मा पनि खानेपानीका धाराहरू सुक्न थालेका छन्। पानीको चरम अभावपछि संघीय तथा मधेस प्रदेश सरकारले मधेस प्रदेशलाई औपचारिक रूपमा सुखाग्रस्त क्षेत्र घोषणा गरिसकेका छन्।

संकटको घडीमा चन्द्रपुर नगरपालिकाले अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र (RDC) नेपालको सहकार्यमा खानेपानी संकट प्रभावित घरपरिवारहरूका लागि निःशुल्क शुद्ध खानेपानी वितरण सुरु गरेको छ।

सोही अन्तर्गत चन्द्रपुर नगरपालिका–२ को जोगी टोलमा एक कार्यक्रम गरी संकटग्रस्त बासिन्दालाई सुरक्षित र निःशुल्क शुद्ध पानी वितरण सुरु गरिएको हो।

खानेपानीबाट पूर्णतः वञ्चित जोगी टोलका ३० भन्दा बढी घरपरिवारमा कुनै पनि प्रकारको स्थानीय स्रोत नरहेकाले उनीहरू सबैलाई प्राथमिकतामा राखेर शुद्ध पानीको आपूर्ति गरिएको ग्रामीण विकास केन्द्र नेपालको फिल्ड सुपरभाइजर ज्योती फुयालले जानकारी दिइन्।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफ्लेको विशेष पहलमा सुरु गरिएको यो अभियान अक्सफाम नेपाल तथा RDC नेपालको संयुक्त साझेदारीमा “पूर्वानुमानमा आधारित आपतकालीन प्रतिकार्य परियोजना” अन्तर्गत सञ्चालनमा ल्याइएको हो।

नगर प्रमुख काफ्लेले भने, “संकटकालीन अवस्थामा जनताको आधारभूत आवश्यकताको रक्षा गर्नु नगरपालिकाको पहिलो जिम्मेवारी हो। चन्द्रपुरमा पानीको अभावले थप समस्या नहोस् भनेर हामीले तत्काल योजना कार्यान्वयनमा ल्याएका हौँ।”

जोगी टोलमा सफल परीक्षण वितरणपछि यो कार्यक्रमलाई वडाभरिका अन्य संकटग्रस्त टोलहरूमा विस्तार गरिँदैछ। आगामी दिनमा थारुटोल, बलम्पाकी टोल, सिमनी टोल, नर्सरी टोल, कार्की टोल, कलटोल, रैया टोल, सिरानटोल र कछरिया टोलमा पनि शुद्ध पानी वितरण गर्ने योजना रहेको कार्यक्रम संयोजक चिरञ्जीवी महतोले जानकारी दिएका छन।

ती टोलहरूमा हजार लिटर क्षमताका पानी ट्याङ्कीहरू स्थापना गरिने र तीमार्फत घरपरिवारलाई नियमित रूपमा शुद्ध पानी वितरण गरिने भएको छ । ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष डा. पारस हुसेनका अनुसार रौतहट जिल्लाका अन्य पालिकाहरूमा पनि यस्तो खालको पानी संकट छ। उनले भने, “हामी अहिले चन्द्रपुरमा काम गर्दैछौं। यस्तै संकटका बेला आवश्यक सहकार्य र स्रोतको संयोजन गरी जिल्लाभर यो कार्यक्रम विस्तार गर्ने तयारीमा छौँ।”

यस कार्यक्रमले आपतकालीन अवस्था व्यवस्थापनमा स्थानीय सरकार र गैरसरकारी क्षेत्रको सहकार्य कस्तो प्रभावकारी हुनसक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। लगातारको सुख्खाले पिँधमा रहेका समुदायहरू सबैभन्दा बढी प्रभावित भएका बेला उनीहरूलाई शुद्ध पानी जस्ता आधारभूत सेवामा पहुँच पुर्‍याउनु राज्यको दायित्व हो भन्ने कुरा पनि यो अभियानले देखाएको छ।

चन्द्रपुर नगरपालिकामा सुरु गरिएको यो अभियान न केवल राहत दिने कार्य हो, यो पूर्वतयारी र दीर्घकालीन सहकार्यको नमुना योजना पनि हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार