मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

दक्षिण कोरियामा शिक्षिकाले गरिन् ८ वर्षीया बालिकाको चक्कु हानेर हत्या

Nagarik Sewa 4874+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

काठमाडौं। दक्षिण कोरियामा दाएजेओनको एउटा प्राथमिक विद्यालयमा शिक्षिकाले ८ वर्षीया बालिकाको चक्कु हानेर हत्या गरेकी छन्। आफूले छात्रामाथि चक्कु प्रहार गरेको ४० वर्षीया संदिग्धले स्वीकार गरेको प्रहरीले बताएको छ ।  

स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेतिर बालिका विद्यालयको भवनको दोस्रो तलामा घाइते अवस्थामा भेटिएकी थिइन् । अस्पताल पुर्‍याउँदासम्म उनको मृत्यु भइसकेको थियो । दक्षिण कोरियाका कार्यकारी राष्ट्रपति चोइ साङ–मोकले यस घटनामाथि छानबिन गर्न निर्देशन दिएका छन् । भविष्यमा यस्ता घटनाहरू हुन नदिन आवश्यक उपायहरू लागू गर्न उनले अधिकारीहरूलाई आदेश दिएका छन् । यो घटनापछि मंगलबार विद्यालय बन्द भएको थियो ।

शिक्षिकाले डिसेम्बर ९ मा नै डिप्रेसनको कारण देखाउँदै ६ महिनाको बिदा मागेकी थिइन् । तर डाक्टरले काम गर्न फिट छिन् भनेर भनेपछि २० दिन बिदा बसेपछि उनी विद्यालय फर्किएको दाएजेओन शिक्षा कार्यालयले भनेको छ । 

मृतक विद्यार्थीसँग शिक्षिकाको कुनै सम्बन्ध नभएको अधिकारीहरूले बताएका छन् । चक्कु प्रहारको घटनाभन्दा केही दिन अगाडि नै शिक्षिकाले हिंस्रक व्यवहार देखाइरहेकी बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार