चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
९ माघ २०८१, बुधवार

चितवन। गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार