मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

वृहत वामपन्थी एकताको आवश्यकता भएको झलनाथ खनालको भनाई

Nagarik Sewa 4866+ समाचार ( )
१२ माघ २०८१, शनिबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै झलनाथ खनालले सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा २०८४ सालको निर्वाचनपछि थाहा हुने बताउनुभयो । एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताउनुभयो ।

झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली कांग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुको मुख्य प्रतिद्वन्दी नेपाली कांग्रेस नै रहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रुपले विभाजित भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार