टिपरको ठक्करबाट मोटरसाइकल चालक १ युवकको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौं। काठमाडौं महानगरपालिका १६ वनस्थली चोकमा भएको सवारी दुर्घटनामा १ युवकको मृत्यु भएको छ। टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको छ।

 गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  उता,  सिराहाको सिरहा नगरपालिका ३ मखनाहाचोकस्थित सडकमा माडरबाट सिराहातर्फ आउँदै गरेको बीआर ३२ एल ६८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । 

यसैगरी, सप्तरीको सुरूङ्गा नगरपालिका(५ स्थित सडकमा कुशाहाबाट कदमाहातर्फ आउँदै गरेको मधेस प्रदेश ०१(००५ प ५५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका(९ परमानपुर बस्ने ३० वर्षीय अनिल कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिनिस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार