काठमाडौं। सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल टेलिकमले बजारमा व्याप्त रिचार्ज कार्डको अभावको समस्या समाधान भईसकेको जनाएको छ ।
विगत केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा सहज रूपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भई पूर्ववत् रिचार्ज कार्डहरू बजारमा उपलब्ध भैसकेको ब्यहोरा जानकारी गराउँदछौँ, कम्पनीले भनेको छ । यसबाट ग्राहक महानुभावहरूमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ ।
रिचार्ज कार्डको अभावका कारण नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भन्ने विषयमा भने कुनै सत्यता नरहेको दाबी समेत कम्पनीले गरेको छ ।
रिचार्ज कार्डको सहज रूपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहक वर्गले रिचार्ज कार्डको विकल्पको रूपमा रहेका मोबाइल पोइन्ट अफ सेल ९ःएइक्० र नमस्ते पे, ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेटहरू प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावका कारण कम्पनीको व्यापार र राजस्वमा कुनै नकारात्मक प्रभाव नपरेको ब्यहोरा अनुरोध छ, कम्पनीले भनेको छ ।